लामो समयको खडेरीपछि रोल्पामा हिमपात र वर्षा

रोल्पा । रोल्पामा लामो समयको खडेरीपछि आज बिहानैदेखि उत्तरी क्षेत्रको जलजला ,थवाङ, आसपासका क्षेत्रमा हिउँ पर्नुका साथै बिहानैदेखि जिल्लाका अधिकांस भूभागमा सिमसिमे पानी समेत परिरहेको छ ।
हिउँदे वर्षा हुँदा बाली सप्रिने भनेर किसानहरू हर्षित भएका छन् । लामो खडेरी हुँदा खेतबारीमा लगाइएको अन्न बाली सिँचाईको अभावमा सुक्दै जान थालेको थियो । बर्षा हुन थालेपछि किसानले केही राहत महसुस गर्न थालेका छन् ।
जिल्लामा अन्य दिनको तुलनामा आज अलि चिसो बढेको महसुस गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्