तपाईँ सुन्दै हुनुहुन्छः

“एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् सेमिनार–२०७७“ को शुभारम्भ

काठमाडौँ । नेपाली सेनाले इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै राष्ट्रिय एकता प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले “एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् सेमिनार आयोजना गरेको छ ।
ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम सुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कार्यक्रमले राष्ट्रिय एकताको प्रवर्द्धनमा सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू, नेपाल सरकारका सचिवहरू, विभिन्न मन्त्रालय तथा विभागहरूका महानिर्देशकहरू, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button