तपाईँ सुन्दै हुनुहुन्छः

बन्दकर्ताले टायर बालेर बनाएको फोहोर यूथ नेटवर्कका युवाले हटाए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा रहेको शुक्लाफाटा यूथ नेटवर्कको युवाहरूले आम हडतालमा उत्रिएका नेकपाको प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताहरूले पूर्वपश्चिम राजमार्ग टायर बालेर बनाएको फोहोर हटाएका छन् ।

आन्दोलन र बन्दका समयमा जलाइने टायरका कारण राजमार्गको क्षेत्र प्रदूषित हुनुका साथै बायु प्रदूषण समेत हुने भएकाले त्यसो नगर्न  आन्दोलनकारीहरुलाई शुक्लाफाटा यूथ नेटवर्कका युवाहरूले अनुरोध समेत गरेका छन् ।

साथै उनीहरूले बन्दको विकल्प खोज्न आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button