मोटरसाइकल र बोलेरो एक आपसमा ठोकिँदा एक जनाको घटनास्थलमै मृत्यु
सप्तरी । सप्तरीमा मोटरसाइकल र बोलेरो एक आपसमा ठोकिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका–१ भारदहमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु२५प ५७१२ नम्बरको मोटरसाइकल तथा विपरीत दिशाबाट आउँदै गरेको को१ज ३१९९ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रङगेली नगरपालिका–८ का ३७ वर्षीय भिमराज राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
ठक्कर दिने बोलेरो तथा बोलेरो चालक धनकुटाको पाख्रावास नगरपालिका–४ का ३९ वर्षीय तोर्ण निरोला प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको आवश्यक थप अनुसन्धान कार्य भइरहेको डिएसपी साहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्