तीन किलो पोल्यान्डसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको गौरीघाटबाट लागू औषध पोल्यान्डसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले तीन किलो पोल्याण्डसहित मोरङ उर्लाबारी घर भई काठमाडौं गौरीघाट बस्ने बर्ष ४० को अम्मर बर्देवा, धादिङ गल्छी घर भई काठमाडौं सतुङगल बस्ने बर्ष ३१ को राजु अधिकारी,सिन्धुली बेलवारी घर भई हाल महाराजगन्ज बस्ने बर्ष २३ कि सबिना कार्की र मकवानपुर घर भई थानकोट बस्ने बर्ष ४२ को कालु गोले लाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले तीन किलो पोल्यान्ड , नगद रु २० हजार २ सय ५०,प्र.०२-०१७ प ७९५० नं.को मोटरसाइकल १ थान र मोबाइल ५ थानसमेत बरामद गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्