तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एकजनाको मृत्यु  

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित निर्माणाधीन बलेफी हाइड्रो पावर कम्पनीको इन्टेकमा काम गर्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–३ गुम्बा बस्ने २४ वर्षीय सुरेश लामाको आज मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button