तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन सेवा सञ्चालकका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

बुटवल । पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम लुम्बिनी प्रदेशको बुटवलबाट सुरु गरेको छ ।

जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा टुरिजम रिकोभरी टास्कफोर्सले मङ्गलवारबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकलका प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर तालिम सुरु गरिएको हो ।

तालिममा टुरिजम रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडालले प्रशिक्षण प्रदान गर्नुभएको छ ।

नमुनाका रुपमा सुरु गरिएको कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालिकामा पाँच जना प्रशिक्षक तैयार गरी उनीहरू मार्फत प्रत्येक नगरपालिकामा पर्यटनसँग सम्बन्ध राख्ने २५० जना स्थानीय साना तथा मझौला उद्यमीहरूलाई प्रशिक्षित गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button