तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से सूचक २४७३.७३ विन्दुमा

फाइल तस्बिर

काठमाडौँ । नेपाली शेयर बजारको कारोबार मापक नेप्से सूचक मङ्गलवार ६५.४९ अङ्कले बढेर २४७३.७३ विन्दुमा पुगेको छ । यो नेप्से परिसूचकले कायम गरेको हालसम्मकै उच्च विन्दु हो ।

गत बिहीबार र आइतबार करिब ७१ अङ्कको करेक्सन देखिएको बजार सोमबारदेखि पुनः उच्च अङ्कले बढ्न थालेको थियो । सोमबार पनि बजार ३७ अङ्कले  बढेको थियो ।

नेपाल स्टक एक्सचेन्जले मङ्गलवार २४७४ विन्दुमा पुगेर इन्ट्रा डे कारोबारमा पनि नयाँ रेकर्ड बनाएको छ ।

मङ्गलवार कारोबारमा आएका होटेल समूहबाहेक अन्य सबै उपसमूहका सूचकहरू सकारात्मक देखिएका छन् । जसमा बिमा कम्पनीहरूको सूचक उच्च दरले बढेको छ । यस दिन विभिन्न १६ कम्पनीहरूको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button