तपाईँ सुन्दै हुनुहुन्छः

२५९ जना सङ्क्रमणमुक्त, १७१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप १ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।
त्यस्तै  देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज २ सय ५९ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ६६ हजार ८ सय ५९ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या २ हजार ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै आजसम्म देशभर २ हजार ४ सय सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button