तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक सेवालाई थप प्रभावकारी बनाइने : सञ्चार मन्त्री गुरुङ

File Photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हुलाक सेवालाई रूपान्तरण गरी थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

मन्त्रालयको  अर्धवार्षिक कार्य समीक्षा बैठकमा मन्त्री गुरुङले सरकारले हुलाक सेवालाई नेशनल फ्रेमवर्कमा राखेर सरल र सहज बनाई व्यवस्थित बनाउन लागेको जानकारी दिनुभयो ।
सार्वजनिक गरिएको छोटो अवधिमै नागरिक एपले लोकप्रियता पाएको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले सरकारको डिजिटल नेपाल अभियानलाई उचाइमा पुर्‍याउने गरी प्रभावकारी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका  निकायलाई निर्देशन दिनुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आउँदो वैशाखको अन्तिमसम्ममा ९० प्रतिशत बजेट खर्च गरिसक्ने गरी कार्य सम्पादन गर्न मातहतका निकायलाई अनुरोध गर्नुभयो ।
बैठकमा रेडियो नेपाल, सूचना प्रविधि विभाग, मुद्रण विभाग, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, हुलाक सेवा विभाग, चलचित्र विकास बोर्डलगायत मन्त्रालय मातहतका १८ वटा निकायका तर्फबाट  अर्धवार्षिक कार्य प्रगति समीक्षा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button