तपाईँ सुन्दै हुनुहुन्छः

फरार रहेका १२ जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार रहेका १२ जनालाई पक्राउ गतेको छ ।गत शनिबार जबरजस्ती करणी मुद्दामा विगत ७ वर्षदेखी फरार रहेका जिल्लाको देवघाट गाउँपालिका वडा नं २ बस्ने १९ वर्षीय सुमन श्रेष्ठलाई तनहुँ जिल्ला अदालतको २०७० माघ १७ गतेको फैसलाले ६ महिना कैद सजाय तोकिएकोमा उक्त कैद भुक्तान नगरी हालसम्म फरार रहेका श्रेष्ठलाई प्रहारीले पक्राउ गरेको हो ।

लागुऔषध गाँजा मुद्दामा ३ महिना देखी फरार रहेका जिल्लाको व्यास(१० का ३३ वर्षीय जेके भन्ने टेक बहादुर विक तनहुँ जिल्ला अदालतको आइतबार गतेको फैसलाले ९ महिना कैद र रु ६ हजार, जरिवाना भुक्तान गर्न बाकी रहेका जेके भन्ने टेक बहादुर विक नाता कायम मुद्दामा फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार १ जना, गाली व्यईज्यती मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार ४ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा १२ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो ।

१ वर्ष ३ महिना कैद र रु ११ हजार १८७ जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

त्यस्तै आइतबार भानु(८ देऊरालीटार बस्ने ध्रुवराज पाण्डेले अवैध सालको काठ आफ्नो बारीमा परालले ढाकी लुकाइ छिपाई राखेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पाण्डेले बारीमा लुकाइ राखेको अबस्थामा ४२ क्युबिक फिट बराबरको सालको बोक्रा सहितको १२ थान काठ फेला पारी बरामद गरेको छ ।

५० वर्षीय ध्रुवराज पाण्डे र ४१ वर्षीय चन्द्र बहादुर रिमाललाई पक्राऊ गरी ऊक्त बरामद भएको काठ र मानिसलाई आवश्यक कारवाहीको लागी सब डिभिजन वन कार्यालय भानु भन्सारमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button