तपाईँ सुन्दै हुनुहुन्छः

मनी चेन्जरका सञ्चालक पक्राउ, १३ लाख बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा हुन्डी कारोबार गरेको आरोपमा वीरगञ्जको घण्टाघरस्थित मनकामना मनिचेन्जरका सञ्चालकलाई पक्राउ गरेको छ ।

हुन्डी कारोबार गरेको सूचनाको आधारमा छापा मारी प्रहरीले करिब १३ लाख रुपैयाँसहित मनिचेन्जरका सञ्चालक गोपालप्रसाद सोनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सोनारको साथबाट प्रहरीले ५ लाख ८४ हजार भारतीय रुपैयाँ र ३ लाख ९२ हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button