तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेत ।  सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके जिल्लाको खजुरा गाउँपालिका–८, स्थायी घर भई वीरेन्द्रनगरमा डेरा गरी बस्ने  २८÷२८ वर्षीय सदाम खाँ र सब्बीर खाँ रहेका छन् ।

भारतीयमुलका दुई नेपालीले  वीरेन्द्रनगर–४, एकता टोलमा लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले पक्राउ गरेका हुन् ।

प्रहरीले उनीहरूका साथबाट ४७० मिलिग्राम लागु औषध ब्राउन सुगर, १७ ट्याब्लेट नाईट्राभेटाम, १७ हजार ८ सय ५० रुपैयाँसहित १ थान मोबाइल बरामद गरेको जनाएको छ ।

कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button