तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि श्रेष्ठ र खातीलाई

पाल्पा । एविन श्रेष्ठ र बिनय खातीको जोडीले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

फाइनलमा बसन्तलाल बज्राचार्य र महेशमान बज्राचार्यको जोडीलाई २१÷१८ र २१÷१७ ले हराउँदै श्रेष्ठ र खातीको जोडी च्याम्पियन बनेका हुन् ।

सुमित घिमिरे र विशाल भण्डारी दोस्रो तथा सन्तोष नेपाल र प्रविन अधिकारीको जोडीले तेस्रो स्थान हासिल गरे ।

प्रतियोगिताको विजेताले २५ हजार प्राप्त गरे । यस्तै उपविजेताले १५ हजार प्राप्त गर्दा तेस्रोले १० हजार प्राप्त गरे ।

जिल्ला ब्याडमिन्टन संघ पाल्पाको आयोजना भएको प्रतियोगितामा सुमित घिमिरे उत्कृष्ट खेलाडी चुनिए ।

सुमित घिमिरे र विशाल भण्डारीको टिम उत्कृष्ट टिम घोषित भए । पुरण गाहा र न्यौपानेको जोडीले राईजिङ टिम चुनिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button