तपाईँ सुन्दै हुनुहुन्छः

‘द लभ वि वान्ट’ उपन्यास विमोचित

गण्डकी । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को पोखरामा विमोचन गरिएको छ ।

साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखेलगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको जनाउँदै एउटा पे्रमिल साहित्यको अध्यायको शुरुआत भएको बताउनुभयो ।

रेडियो अन्नपूर्ण ९३.४ का प्रबन्ध निर्देशक सुनयना पालिखेले उपन्यास किशोर वयका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक विनोद लामिछानेलगायतले कृति र कृतिकारको चर्चा गर्नुभयो ।

शनिबार आयोजित कार्यक्रममा उपन्यासकार पालिखेले उपन्यासमा किशोरकिशोरी उमेरमा पलाउने इच्छा, चाहना, मायालगायतलाई समेट्ने प्रयास गरिएको बताउनुभयो ।

विद्यालयदेखि नै आफ्नो लेखनप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफूले उपन्यासको रचना गरेको अनुभव सुनाउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button