तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा बन्ने सिटीहलको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

चितवन । प्रधानमन्त्री केपी शर्माओलीले भरतपुर महानगरपालिका वडा नम्बर १० मा बन्न लागेको सिटीहलको शिलान्यास गर्नुभएको छ । आज (शनिबार) अपरान्ह पौने ३ बजे शिलान्यास गरिएको सिटीहल दुईहजार सिट क्षमताको हुनेछ ।

शहरी विकास मन्त्रालयले बनाउने सिटी हल भरतपुर महानगरपालिकाको वाइपास रोड नजिक बन्दैछ । जिल्ला समन्वय समिति चितवनले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो ।

सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधासम्पन्न सभाहल हुनेछ ।

प्रधानमन्त्री ओलीले आजै भरतपुर बसपार्कमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह आज चितवनमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button