तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा २०२ जनाले लगाए कोरोना विरुद्धको खोप

जुम्ला । जुम्लाका दुई सय दुई जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

दुई दिनको अवधिमा जुम्लाका २ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाइएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको खोप केन्द्रमा माघ १४ र १५ गते गरी २ सय २ जना स्वास्थ्यकर्मी र सरसफाइकर्मी, चालक सहचालकले खोप प्राप्त गरेको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताउनुभयो ।

उहाँका अनुसार खोप लगाउनेमा ८९ जना महिला र १ सय १३ जना पुरुष रहेका छन् ।

गाउँ तथा नगरपालिकामा खोप केन्द्र स्थापना गरी शुक्रवारदेखि हिमा, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा खोप सञ्चालन भइरहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार माघ महिनाभित्रै जुम्लाका आठै स्थानीय तहका १४ सय जनालाई कोरोना विरुद्धको खोप लगाइने छ ।

चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ जना गरी थप १ हजार ४ सय जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button