कुलोमा डुबेर एक बालकको मृत्यु
पाल्पा । पाल्पामा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–५ मटेरीका योगमाया थापाको १९ महिनाका छोरा प्रतीन थापा रहेको प्रहरीले जनाएको छ ।
शुक्रवार दिउसो १२ बजे डुबिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उपचारको लागि रामपुर अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्