तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पाख्रिबास नगरपालिकाको वडा नं ६ र ८ मा आज हिजो दुई दिन सञ्चालन गरेको शिविरमा गाई, भैँसी, बाखा , कुखुरा, सुँगुरलगायत गरी ४३ हजार ८ सय २१ पशुपन्छीको उपचार गरिएको छ ।

त्यस्तै पशु बन्ध्याकरण तथा अपरेसन बोका कुखुरा १०, गोवरको २२ वटा नमुना परीक्षण गरिनुका साथै १ हजार २ सय ३० जना कृषकलाई प्राविधिक परामर्श दिइएको पशु सेवा शाखा प्रमुख गोरखबहादुर तामाङले बताउनुभयो ।

शिविरमा १ सय १९ घरधुरी कृषक लाभान्वित भएको पशु शाखा कार्यालयले जनाएको छ ।

प्राविधिकबाट टाढा रहेका कृषकहरूलाई स्वास्थ्य पशु पालन गरी स्वच्छ पशु जन्य पदार्थ दूध, फुल र मासु उत्पादनमा प्राविधिक परामर्श दिई जन चेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा ११ जना पशु प्राविधिकहरूले सेवा दिएका थिए ।

शिविर उद्घाटन कार्यक्रम  पशु सेवा शाखा प्रमुख गोरख बहादुर तामाङ को अध्यक्षता तथा नगरका उपमेयर देबकला पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यस्तै गरी वडा अध्यक्षहरू दल बहादुर तामाङ र सिता राम राईको विशेष आतिथ्य रहेको कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, राजनैतिक दलका प्रमुखहरू र व्यावसायिक कृषकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button