तीन पालिकाका ७६ किसानलाई बीउ बिजनसहित कृषि सामाग्री प्रदान

अछाम । अछाम जिल्लाको ३ स्थानीय तहका ७६ जना किसानलाई बीउ बिजन तथा कृषि सामग्री प्रदान गरिएको छ ।
जिल्लाको कमलबजार नगरपालिकाका १८ जना, पञ्चदेवल विनायक नगरपालिकाका २६ जना तथा मल्लेख गाउँपालिकाका ३२ जना जोखिममा परेका किसानलाई बीउ बिजनसहित कृषि सामाग्री प्रदान गरिएको हो ।
कमलबजार नगरपालिकाको वडा नम्बर २, ३, ४, ५ का गरी १८ जना, मल्लेख गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ मा ३२ जना तथा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १, २, ३, ६ र ७ का गरी २६ जना किसानको जीविकोपार्जनमा सहजता ल्याउने तथा जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको हो ।
वाक नेपाल र वल्र्डभिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएको हो ।
किसानहरुलार्ई प्लास्टिक घरभित्र तरकारी खेती गर्ने सामाग्री, च्याउ खेती गर्ने सामग्री, बर्षे आलु खेतीका लागि बिउ विजनसहितका सामग्री प्रदान गरिएको वाक नेपाल उत्थानशील परियोजना संयोजक दिलिप बोहराले बताउनुभयो ।
प्राप्त सामग्रीको उचित उपयोग गरी अगाडी बढ्ने किसानहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्