तपाईँ सुन्दै हुनुहुन्छः

अबैध सालको काठ बरामद

पाल्पा।पाल्पाको रामपुरबाट अबैध सालको काठ बरामद गरिएको छ । बिहीबार राति रामपुर–५, पानीबाधा भन्ने स्थानबाट ११० क्वीबफिट सालका चिरान काठ बरामद गरिएको छ ।

काठको अबैध तस्करी गर्ने तस्करले रातिको समयमा चिरान काठ बाटैमा छाडेर फरार भएको डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत सुजन राजभण्डारीले बताउनुभयो । काठ तस्करले रातको समयमा बाटैमा काठ बेवारिसे छाडेर फरार भएको र थप अनुसन्धान कार्य चलिरहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय वनमा कटान भईसकेका काठ समेत निकासी हुन नपाएका कारण तस्करी बढेको हुन सक्ने वनका कर्मचारीहरुको भनाई छ । केही महिनाअघि पनि रामपुर क्षेत्रमै खोलामा सालका काठ बगाएर तस्करी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button