तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट सिनियर अनमी रमा भारतीको मृत्यु

नेपालगञ्ज। बाँकेमा कोरोनाबाट सिनियर अनमी रमा भारतीको मृत्यु भएको छ। बाँकेको वैजनाथ गाउँपालिकामा कार्यरत ४७ वर्षीया भारतीको कोरोनाबाट आज बिहान मृत्यु भएको हो । अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना हुनुभएको थियो ।

उहाँमा १४ गते कोरोना पुष्टि भएको थियो । भारतीको उपचारका क्रममा उहाँको आज विहान ५ः२७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button