तपाईँ सुन्दै हुनुहुन्छः

हट्यो बेलायत–नेपाल हवाई उडान प्रतिबन्ध

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने हवाई उडानमा लगाइएको प्रतिबन्ध हटाएको छ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखापरेपछि गत डिसेम्बर तेस्रो सातादेखि बेलायतलगायत मुलुकबाट नेपालमा प्रवेश निषेध गरिएको थियो।

बिहीबारबाट नेपाल सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश–२०७७’ लागू गरिएसँगै हवाई यात्राको प्रतिबन्ध हटेको हो ।

लन्डनस्थित नेपाली दूतावासले बिहीबार सूचना जारी गरी संयुक्त अधिराज्य ९बेलायत०, आयरल्यान्ड र माल्टाबाट नेपाल भ्रमण गर्न पाउने जनाएको छ। भ्रमणका लागि केही तोकिएका सर्त भने पालना गर्नुपर्ने दुतावासले जनाउको छ ।बेलायतबाट नेपाल जाने यात्रुले यात्रा गर्नुअघि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट, नेपालमा बस्न होटेल बुक गरेको प्रमाण साथमा लिएर मात्र यात्रा गर्न पाउनेछन्। यात्रापूर्व आफनो यात्रा विवरण लन्डनस्थित नेपाली दूतावासलाई इमेलमा पठाउनुपर्नेछ।

त्यस्तै नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रूपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जान दूतवासले  अनुरोध गरेको छ ।

यस्तै नयाँ भेरिएन्टको संक्रमण भएका संयुक्त अधिराज्यलगातयका मुलुकबाट प्रस्थान गर्ने सबै यात्रुले हवाई टिकट खरिद गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य रूपमा बुक गरेको हुनुपर्नेछ। सम्बन्धित वायु सेवाले अनिवार्य रूपमा होटल बुकिङ गरेको प्रमाण हेर्ने भएकाले बुकिङ गरेको प्रमाण लिएर यात्रा गर्नुपर्ने हुन्छ। होटल बुकिङको खर्च सम्बन्धित यात्रुले नै बेहोर्नु पर्नेछ।

यसरी होटल क्वारेन्टिनमा बस्ने यात्रुले नेपालमा १० दिन होटल क्वारेन्टिनमा अनिवार्य रूपमा रहनुपर्ने हुन्छ। तर ५ दिनपछि आफनै खर्चमा कोभिड १९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन आफनै निवासमा बस्न सक्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button