तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा विवाद : आज दुबै पक्षसँग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले आज नेकपाका दुबै पक्षसँग छलफल गर्ने भएको छ । आज (शुक्रबार) आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले छलफल गर्न लागेको हो ।

नेकपा अध्यक्ष केपी शर्मा ओली र आफुलाई अलगिएको बताउने प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएर आयोगले  दुवै पक्षसँग छलफल गर्न लागेको हो ।

निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५-५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

बिहान ११ः३० बजे नेकपाको दुबै पक्षका अध्यक्ष वा निर्वाचन र कानुन हेर्ने गरी तोकिएका ५-५ जनालाई छलफलका लागि डाकिएको आयोगले बताएको छ ।

आगामी वैशाख १७ र २७ घोषित निर्वाचनलाई लिएर आयोगले दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई समूहलाई छलफलमा बोलाएको हो।

यसअघि माघ १२ गते आयोगले नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई अस्वीकार गर्दै पार्टी विभाजनलाई अस्विकार गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button