तपाईँ सुन्दै हुनुहुन्छः

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । साताभरि उतारचढाव भइरहेको सेयर बजारमा साताको कारोबारको अन्तिम दिन बिहीबार दोहोरो अङ्कको गिरावट आएको छ ।
सेयर सूचक १६ अङ्कले घटेर  २४२५ बिन्दुमा रोकिएको छ । बिहीबार कारोबार रकम भने बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ९ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ र यो कारोबार  हालसम्मकै उच्च हो ।
बिहीबार नेपाल लाइफको सर्वाधिक कारोबार हुने क्रममा ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
यसै गरी हिमालयन डिस्टिलरी र पुनर्बिना कम्पनीको ३२/३२ करोड रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button