तपाईँ सुन्दै हुनुहुन्छः

कामदार अभावका कारण ४० प्रतिशत इँटा उद्योग बन्द

फाइल फोटो
काठमाडौँ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुन पुगेका छन् ।
खास गरी इँटा उद्योगहरूमा काम गर्ने धेरै मजदुर भारतबाट आउने तर कोरोनाका कारण भारतीय  मजदुर ल्याउन नसक्दा देशभरका करिब ४० प्रतिशत इँटा उद्योग बन्द हुन पुगेका व्यवसायीहरूले बताएका छन् ।
योसँगै निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएका कारण इँटाको माग घट्दा व्यवसायीहरू उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित समेत भएका नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताउनुभयो ।
इँटा उद्योग आत्मनिर्भर भए पनि  मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरूको तथ्याङ्कलाई हेर्दा इँटा उद्योगहरूमा काम गर्ने ६६ प्रतिशत  मजदुर भारतीय हुने गरेका छन् ।
नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभर एक हजार ८ सय इँटा उद्योग रहेका छन् भने रौतहटमा मात्रै सबैभन्दा बढी १६० वटा इँटा उद्योग रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button