कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा विभिन्न बालीमा स्थलगत घुम्ती तालिम सञ्चालन

कञ्चनपुर । कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीमा स्थलगत घुम्ती तालिम सञ्चालन गरिरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयको समन्वयमा कृषि ज्ञान केन्द्र कञ्चनपुरले तालिम सञ्चालन गरिरहेको हो ।
कञ्चनपुर जिल्लामा तरकारी, फलफूल, मसला, उखु, धान, दलहन लगायतका बालीको बारेमा सम्बन्धित किसानहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले जानकारी दिनुभयो ।
किसानका चाँसो, गुनासो, समस्या तथा सम्भाव्यताका विषयमा समेत तालिममा छलफल हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत रण बहादुर मल्लले बताउनु भयो ।
तालिम अन्तर्गत बिहीबारदेखि कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहमा तरकारी बाली सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक कार्यक्रम समेत लागू गरिएको तरकारी ब्लक समन्वय समिति वैवाहका संयोजक रामलाल चौधरीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्