कोरोना भाइरसको सङ्क्रमणबाट २९६ जना सङ्क्रमणमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप २ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज २ सय ९६ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ६५ हजार ३ सय ६५ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभरि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै आजसम्म देशभर जम्मा ३ हजार २ सय ३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्