तपाईँ सुन्दै हुनुहुन्छः

शिगासमा मोटर नपुग्दा कठिनाइ

बैतडी । बैतडीको शिगास गाउँपालिकाको केन्द्रबिन्दु गर्जेमा मोटर बाटो नपुग्दा सेवाग्राही मर्कामा परेका छन् ।
सडकबाट ३ देखि ४ घण्टा पैदल हिडेर पालिकाको सदरमुकाम पुग्नु पर्ने भएकाले अशक्त, बुढाबुढी तथा भिन्न क्षमता भएका व्यक्तिहरू पीडित भएका हुन् ।
आफूले गाजरी तथा चौखामवाट एकै चोटि पालिकाको सदरमुकाममा सडक पुर्‍याउन बजेट विनियोजन गरे पनि स्थानीय बासिन्दाले विरोध गर्दा सडक निर्माणमा अवरोध भएको गाउँपालिकाका अध्यक्ष हरि सिह धामी बताउनु भयो ।
विवाद समाधानका लागि पटक पटक पहल गरिए पनि राजनीतिक पार्टीका कार्यकर्ताहरू नै विरोधमा उत्रिदा सडक निर्माण कार्यले गति लिन नपाएको स्थानीय बासिन्दाहरू वताउछन् ।
गाजरीवाट शिगास धुरा हुँदै गर्जे सम्मको २० कि.मि. सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाइएको शिगास गाउँपालिकाका प्राविधिकले बताउनु भयो ।
बैतडीका ४ वटा नगरपालिका र ६ वटा गाँउपालिका मध्ये शिगासमा मात्र मोटर बाटो नपुगेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button