मतदाता नामावली अद्यावधिक कार्य सुरु
कञ्चनपुर । कञ्चनपुरमा आजबाट मतदाता नामावली अद्यावधिक कार्य सुरु गरिएको छ । नेपाल सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरमा जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत ) कार्यक्रम २०७७ अनुसार आजबाट नौ वटै स्थानीय तहहरूको केन्द्रमा सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी उदय राज जोशीले बताउनु भएको छ ।
आज माघ १५ गतेदेखि २१ गते सम्म जिल्लाभर मतदाता नामावली अद्यावधि गर्ने (दाबी बिरोध) कार्यक्रम सञ्चालन गर्ने, मृत्यु भएकाहरूको नाम हटाउने, कुनै त्रुटि भएका सच्चाउने तर ठेगानामा कुनै प्रकारको परिवर्तन गर्न नपाइने बताउनु भएको छ ।
उहाँले जिल्लाका ९ वटै स्थानीय तहको केन्द्रीय कार्यालयमा नै मतदाता नामावली सच्याउने काम गरिने समेत बताउनु भएको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा करिब २ लाख ७७ हजार ५९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्