पर्यटन प्रवर्द्धन गर्न बन्दिपुर मुकुन्देश्वरी–रामकोट साइकल लेन निर्माण

तनहुँ । पर्यटन प्रवर्द्धन गर्न उद्देश्यका साथ तनहुँको बन्दिपुर गाउँपालिकाले बन्दिपुर मुकुन्देश्वरी–रामकोट साइकल लेन निर्माण गरेको छ ।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उक्त लेन निर्माण गरेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो ।
उक्त साइकल लेनको बुधवार गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले उद्घाटन गर्नुभएको छ । सो अवसरमा ३ जना साइ लिस्ट समेत उक्त लेनमा सहभागी थिए ।
साइकल लेनले होमस्टे प्रवर्द्धनमा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । गाउँलेको दैनिकीमा समेत सहयोग पुर्याएको गाउँपालिका अध्यक्ष थापा बताउनुहुन्छ । ’साइकल लेनले साइ लिस्टका लागी मात्रै नभई गाउँलेको जनजीवनमा समेत सहयोग पुगेको छ ।’ गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो ’गाउँलेलाई घाँस दाउरा, हिँड्न समेत सजिलो भएको छ ।’
साइकल लेन साइकलको लागी मात्रै नभई ट्रेकिङका लागी समेत उत्तम रहेको अध्यक्ष थापाले बताउनुभयो ।
सो अवसरमा बुधवार साँझ दमौलीदेखि बन्दिपुर हुँदै छिम्केश्वरीसम्म साइकल लेन निर्माण तथा पर्यटन प्रवर्द्धन सम्बन्धी तनहुँको क्षेत्र नम्बर १ का स्थानीय तह (बन्दिपुर गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका) र जिल्लाका पत्रकार बीच अन्तरक्रिया कार्यक्रम रामकोट सामुदायिक होमस्टेमा गरिएको थियो ।
उक्त अन्तरक्रियामा ५ स्थानीय तह मध्ये बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको मात्रै सहभागिता रहेको थियो ।
बन्दिपुर–३ स्थित रामकोट सामुदायिक होमस्टेमा भएको अन्तरक्रिया कार्यक्रममा कोभिड पछिको पर्यटन प्रवर्द्धन गर्नका लागी साइकल लेन उद्घाटन गरेर बन्दिपुर गाउँपालिकाले सुरुवात गरेको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो ।
पर्यटन प्रवर्द्धन सँगै रोजगार जोडिने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । ’पर्यटनबाट समृद्धि सम्भव छ ।’ अध्यक्ष थापाले भन्नुभयो ’पर्यटन बाट युवालाई रोजगार अवसर सिर्जना हुन्छ ।’
लोकसंस्कृति जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने अभियानमा गाउँपालिका लागेको अध्यक्ष थापाले बताउनुभयो ।
त्यस्तै साइकल लेनले साइकलिस्टलाई मात्रै नभई सो क्षेत्रको विकासमा समेत सहयोग पुग्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । ऐतिहासिक स्थानको पहिचान गर्न व्यास नगरपालिका लागी परे नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
व्यास नगरपालिकाले पनि व्यास नगर अल्ट्रा म्याराथन गर्न लागिरहेको प्रमुख न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमको अध्यक्षता बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं गुरुङ रहनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्