रेडियो नेपालबाट स्वस्थानी व्रतकथामा आधारित नाटक प्रसारण हुँदै

काठमाडौं। हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यसैबीच रेडियो नेपालले सधैका बर्षजसो यस बर्षपनि स्वस्थानी व्रतकथा नाटक प्रसारण गर्ने भएको छ । रेडियो नेपालले आफुले उत्पादन गरेको स्वस्थानी व्रतकथामा आधारित नाटक प्रसारण गर्ने सयम तालिका सार्वजनिक गरेको हो । जसअनुसार यो नाटक निम्नानुसार समयमा प्रसारण हुने भएकाले रेडियो नेपालबाट सुन्न सकिन्छ ।
आइतबार बेलुका ९:२० बजे
सोमबार बेलुका ९:२० बजे
मंगलबार बेलुका ८ :१५ बजे
बुधबार बेलुका ८:१५ बजे
बिहीबार बेलुका ८:१५ बजे
शुक्रबार बेलुका ८:१५ बजे र
शनिबार बेलुका ९:२० बजे








प्रतिक्रिया राख्नुहोस्