तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासंघ तनहुँका ६ जना पूर्वअध्यक्ष पुरस्कृत

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँका ६ जना पुर्व अध्यक्ष पुरस्कृत हुनभएको छ । शाखाको मंगलबार आयोजित १२औं साधारणसभाका अवसरमा महासंघमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको छ ।

सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार छ ।

टीकानिधि पुरस्कार–२०७५ बाट विश्वबन्धु भण्डारी र २०७६ बाट प्रदीप काफ्ले पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही रु दश हजार छ ।

यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु दश हजार छ । तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएबापत उनहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ओमकार आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button