सुनसरीको भलीबलको उपाधी बराह क्षेत्रको कब्जामा
सुनसरी। सुनसरीको दुहबी नगरपालिकामा सम्पन्न भएको जिल्लास्तरीय प्रथम उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी बराहक्षेत्र नगरपालिकाले चुमेको छ ।
आयोजक नगर दुहवीलाई बुधबार सम्पन्न फाइनल खेलमा पछि पार्दै बराहक्षेत्रले उपाधी चुमेको हो । उपाधी चुमेको बराहक्षेत्रले ट्रफी सहित नगद २५ हजार रुपियाँ र उपविजेतामा चित बुझाएको दुहबीले १५ हजार रुपिया पुरस्कार प्राप्त गरेको छ ।
कार्यक्रम पुस्कार प्रदान गर्दै खेलकुद पनि विकाशको एक सुचक भएको मान्यता राख्नु हँदै सम्पुर्ण खेल र खेलाडीहरुको विकाश र क्षमतालाई सधै अभिवृद्धि गर्दै लैजाने र खेलाडीहरुको सँरक्षण तथा प्रबद्र्धन गर्ने कुरामा आफनो अहम भुमिका रहने उपप्रमुख सुनिता दाहालले प्रतिबद्धता गर्नु भयो ।
विजेता र उपविजेता टिमलाई दुहवीका प्रमुख वेदनारायण गच्छदार, उपप्रमुख सुनिता दाहाल सहितले संयुक्त रुपमा पुस्कार प्रदान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्