तपाईँ सुन्दै हुनुहुन्छः

चौकुनेका बिरामीको निःशुल्क मोतिबिन्दुको उपचार

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका नागरिकको स्वास्थ्य सेवामा जुटेको छ ।

विकास निर्माणसँगै सामाजिक सुरक्षाको महत्वलाई ध्यानमा राखेर गाउँपालिकाले पहिलो चरणमा नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले सुर्खेत आँखा अस्पतालको समन्वयमा पालिका १० वटै वडाका ९ सय ५३ जनाको आँखा जाँच गरेको थियो । ती मध्ये १ सय ४६ जनामा मोतिबिन्दुका विरामी फेला परेको पालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा शनिबार चौकुने गाउँपालिकाका २२ जनाको सफल अप्रेशन गरिएको जनाउनुभयो । ‘मोतिबिन्दु भएका सबै विरामीलाई आँखा अस्पतालसम्म जान, आउन, औषधि खर्च, ल्याब खर्च र अप्रेशन शुल्क गाउँपालिकाले नै उपलब्ध गराएको छ,’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशमै पहिलो पटक चौकुने गाउँपालिकाले सुर्खेत आँखा अस्पतालको संयुक्त पहलमा बिरामीको निःशुल्क सेवाको थालनि गरेको हो ।’

उहाँले चौकुनेका १ सय ४६ जना मोतिबिन्दु बिरामी मध्ये ९१ जना महिला र ५५ जना पुरुष रहेको बताउनुभयो । उहाँका अनुसार थप मोतिबिन्दुका विरामीको आइतबारदेखि प्रति समूह २२ जनाका दरले उपचार गरिनेछ ।

उपचारमा आँखा अस्पतालका विशेषज्ञ डा.शक्ति सुवेदीको टिमसहित अस्पताल व्यवस्थापक घनबहादुर थापाको समूहले चौकुनेका बिरामीको सफलता पूर्वक सेवा प्रवाह गरिरहेको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आजसम्म ४६ जनाको मोतिविन्दुका विरामीको सफल अप्रेशन भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button