तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना भाइरस बिरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।

कार्यालयले आजदेखि पहिलो चरणको कोरोना भाइरस बिरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो ।

अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स तथा शब वाहन चालक, कोभिडको कारण मृत्यु हुनेको शब ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र सार्वजनिक फोहोर संकलन गर्ने सरसफाइकर्मीलाई बिशेष प्राथामिकता दिइएको छ ।

पहिलो चरणमा १७ जना महिला र १६ जना पुरुष गरी ३३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयको अनुसनर खोपको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी र जिल्ला अस्पताल उदयपुरका मेसु जिबनारायण मण्डलले खोप लगाएर उत्घाटन गर्नुभएको थियो ।

उक्त अभियान जिल्ला स्वास्थ्य कायालय उदयपुरमा बिहान १०ः३० देखि ४ बजेसम्म बिहिबार र शुक्रबार चल्ने छ ।

यसैगरी शुक्रबार चौदण्डीगढी नगरपालिकाको बेल्टार र शनिबार बेलका नगरपालिकाको रामपुरमा अभियान चल्ने छ ।

पहिलो चरणमा जिल्ला भरी १२ सयभन्दा बढीलाई खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरको योजना छ ।

कार्यालयको योजना अनुसार प्रथम चरणको खोप सम्पन्न भए पस्चात १८ बर्ष उमेर पुरा भएका सवै नागरिकहरुलाई चरणबद्ध रुपमा खोप दिइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button