तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ । विभागीय टिम एपीएफ क्लब दोस्रो पटक प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको खेलमा साबिक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनायो ।

जवाफमा पुलिस ४९ ओभर तीन बलमा एक सय ७३ रनमा अलआउट भयो । यो हारपछि पुलिसको उपाधि जोगाउने र लगातार दोस्रो संस्करणमा फाइनलमा पुग्ने लक्ष्य अधुरो बनेको छ ।

एपीएफ पहिलो संस्करणको पीएम कपमा सेमिफाइनलमा पुगेको थियो भने दोस्रो संस्करणको उपाधि जितेको थियो । त्यसपछि तेस्रो संस्करणमा पनि सेमिफाइनलमा रोकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button