तपाईँ सुन्दै हुनुहुन्छः

राजश्व छली गरेर ल्याइएका ४ करोड बराबरको सामान बरामद

झापा । राजश्व छली गरेर ल्याइएका ओरियन्स कम्पनीका करिब ४ करोड भन्दा बढी मूल्य बराबरको सामान झापाको दमकबाट प्रहरीले बरामद गरेको छ । बिलसहितको ८७ लाख रुपैयाँ र बिना बिलको ३ करोड बराबरको सामान बरामद गरेर प्रहरीले आज सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले दमक ६ स्थित एक घरबाट ती सामानसहित कम्पनीका सञ्चालक मध्येका जितेन्द्र साहलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
उहाँले बरामद सामान र पक्राउ परेका साहमाथि थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो । बरामद गरिएका सामानहरूमा सम्प्लीमेन्ट्र खाद्यान्न परिपूरक रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button