तपाईँ सुन्दै हुनुहुन्छः

आज २ सय ८३ जनामा संक्रमण पुष्टि, २ सय ४६ निको

काठमाडौँ । आज २ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ३ सय ८२ वटा पिसिआर परिक्षण गर्दा १ सय ६९ पुरुष र १ सय १४ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेका सङ्ख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।

आज कोरोना भाइरसको सङ्क्रमणबाट २ सय ४६ जना निको भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६५ हजार ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तथ्याङ्क अनुसार ९८ प्रतिशत कोरोना संक्रमित निको भईसकेका छन् ।

कोरोना संक्रमणका कारण आज थप ३ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार २० पुगेको छ ।

यस्तै ३ हजार २ सय ८६ सक्रिय सङ्क्रमितमध्ये १ सय ३९ आइसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button