तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा पनि आजबाट कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

धनकुटा । पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारी र सरसफाइकर्मीलाई खोप लगाउने अभियान अन्तर्गत  धनकुटामा पनि आजबाट कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

पहिलो चरणमा जिल्ला अस्पताल धनकुटा, स्वास्थ्य कार्यालय तथा पाँच वटा निजी स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।  धनकुटामा ८ सय ५० जनालाई पुग्ने खोपको पहिलो डोज आई पुगेको कार्यालयले जनाएको छ ।

आज देखि आउँदो १७ गते सम्म अग्रपंत्तिमा रहेर काम गरिरहेका जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य सेविकालगायत ८ सय ५३ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले जानकारी दिनुभयो । प्रदेश १ मा ३५ हजार ५ सय ७६ जनालाई पहिलो चरणमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button