स्याङ्जामा कोरोना विरुद्धको खोप लगाउन सुरु
वालिङ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन स्याङ्जा पनि लगाउन सुरु गरिएको छ ।
भारत सरकारले सहयोग स्वरूप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन देशै भरी लगाउन सुरु गरिएको हो ।
स्याङ्जाको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन डा.सुशील मरासिनी र स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले स्याङ्जामा पहिलो खोप लगाउनुभएको हो ।
आज अहिलेसम्म १३० जनाले खोप लगाएका छन् भने आज मात्रै २५० जनाले खोप लगाउनेछन् ।
नेपाल सरकारले जिल्लाको लागि पठाएको १ सय ७१ भायल १७ सय १० डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन सोमबार प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
आजबाट लगाउन सुरु गरिएको खोप प्रथम चरणको हो । सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई लगाउन जिल्ला स्वास्थ्य कार्यालयका शर्माले बताउनुभयो ।
माघ १८ गते सम्म हरेक पालिकाका भित्रका खोप लगाउने सूचिमा परेकालाई दैनिककी मिलाएको र सोही अनुसार खोप लगाइने शर्माले बताउनुभयो ।
कोरोना भाइरसका कारण स्याङ्जामा ८२८ जना सङ्क्रमित हुँदा २० जनाको निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्