तपाईँ सुन्दै हुनुहुन्छः

राउटे र ज्येष्ठ नागरिकलाई कम्बल वितरण

कञ्चनपुर । कञ्चनपुरमा चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बुधवार बिहान कम्बल वितरण गरेको छ ।

जिल्लाको विकट बस्तीमा पुगेर त्यहाँ राउटेका परिवार र ज्येष्ठ नागरिक,एकल महिला र अपाङ्गहरूलाई कम्बल वितरण गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सो क्षेत्रमा रहेका लोपोन्मुख जाती राउटे, ज्येष्ठ नागरिक र एकल महिला गरी ४० जनालाई कम्बल वितरण गरिएको बताउनुभयो ।

जाडोले कसैले ज्यान गुमाउनु नपरोस् भनेर राज्यको नीति अनुसार कम्बल वितरण गरिएको  प्रजिअ महतोले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button