तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा कोरोना विरुद्धको खोप अभियान शुरु

कोरोना विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रम । तस्बिर : सागर परियार ।

जुम्ला । कोरोना विरुद्धको खोप अभियान जुम्लामा पनि शुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.विशाल पोखरेललाई कोरोना विरुद्धको पहिलो खोप लगाउनुभएपछि जुम्लामा अभियान शुरु भएको हो ।

प्रदेश सांसद दिनबन्धु श्रेष्ठ, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहितको उपस्थितिमा कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गरिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकाका स्वास्थ्यकर्मी, सफाइकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दुई भित्र खोप लगाइने छ । जिल्लाका अन्य सात स्थानीय तहमा घम्ति शिविर सञ्चालन गरी खोप लगाउन तयारी भइरहको सापकोटाले उल्लेख गर्नुभयो ।

जुम्लाका लागि एक हजार सात सय दुई खोप प्राप्त भएको छ । जसमा चन्दननाथ नगरपालिकाका ५ सय १० जनालाई कोरोना विरुद्ध खोप लगाइने छ ।

पातारासीका १ सय १५,गुठिचौरका ८४, कनकासुन्दरीका १ सय ५२, सिंजाका १ सय, हिमाका १ सय ४३, तिलाका १ सय १८ र तातोपानी गाउँपालिकाका १ सय १४ जना लगायत अन्य गरी जम्मा १४ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी छ ।

प्रत्येक स्थानीय तहमा गएर घुम्ती शिविर सञ्चालन गरी स्वास्थ्यकर्मी, सफाइर्कीहरुलाई खोप सापकोटाले बताउनुभयो । उहाँका अनुसार माघ महिनाभित्रै कोरोना विरुद्धको खोप लगाएर सकाइने छ ।

पहिलो खोप लगाउनु भएका डा.विशाल पोखरेलले कोरोना विरुद्धको खोप लगाएर नागरिकको सुरक्षाको प्रत्याभुति दिलाएकोमा सरकारलाई धन्यबाद दिनुभयो ।

साथै खोप लगाई समेपछि ज्वारो आउने, बेहोस हुने, टाउको दुख्न समस्या देखिने भनिएता पनि आफुलाई खोप लगाएको १ घण्टा बढी समय बितिसक्दा पनि कुनै असर नपरेको अनुभव सुनाउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button