तपाईँ सुन्दै हुनुहुन्छः

खोप अभियान लुम्बिनी प्रदेशमा सुरु

रुपन्देही ।कोभिडविरुद्धको खोप अभियान लुम्बिनी प्रदेशमा बुधबारबाट सुरु भएको छ ।पहिलो खोप रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा खोप अभियानको सुरुवात गर्नुभयो ।अस्पतालका अरू १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउँदैछन् । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले जनकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।

बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ । त्यसैगरी दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोपको व्यवस्था गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा प्रदेशका १२ जिल्लामध्ये तराईका ५ जिल्लामा खोप लगाउने व्यवस्था मन्त्रालयले गरेको छ ।त्यसैगरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोनाविरुद्धको खोप पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button