तपाईँ सुन्दै हुनुहुन्छः

आज कोरोना विरुद्धको खोपको शुभारम्भ

काठमाडौं । सरकारले आज देखि कोरोना बिरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।प्रधानमन्त्री के पी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट खोप कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप सुरक्षित रहेको बताउनुभयो ।खोप अभियानकै क्रममा राष्ट्रपति विद्यादेबी भण्डारीले दिनु भएको सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले पढेर सुनाउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले आज पहिलो दिन १२ हजार चिकित्सक सहितका स्वास्थ्यकर्मीले खोप लगाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button