तपाईँ सुन्दै हुनुहुन्छः

यातायात कार्यालय जनकपुरधाममा अख्तियारको छापा, दुई पक्राउ

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा चालक अनुमति पत्रको कारोवार शुरु भएपछि आर्थिक चलखेल बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छापामारी गरेर रकम सहित दुई जनालाई पक्राउँ गरेको छ ।
कार्यालय सकेपछि कर्मचारीहरु घुसको रकम मिलाउने बेलामा सूचनाको आधारमा गएराति दश बजेसम्म छापामारी गरेर एक जना कार्यालय सहयोगी र विचौलीया सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषा तथा जिल्ला प्रहरी कार्यालय धनुषाको मद्दतले छापामारी गरेका थिए ।

अख्तियारको टोलिले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने २ लाख २३ हजार ८ सय तथा विचौलीयावाट ५० हजार रकम सहित पक्राउँ गरेपनि एक जना भाग्नमा सफल भएको अख्तियार दरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।

अख्तियारको टोलीले सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएकोे जनाएको छ । कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम बरामद गरेका थिए ।

विचौलिया भगतले आफु ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको अख्तियारलाई व्यानको क्रममा जनाएको छ । भगतले गिरीलाई उक्त रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलिले भित्रैबाट घुस रकम सहित नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यालयका कर्मचारी गिरी एकदशक भन्दा बढी समयदेखि यातायात कार्यालय जनकपुरमा घुस र कमिसनको आखाडा जमाएर बसेको गुनाशो आएपनि पहुच तथा रकमको बलमा सो कार्यालयमा वस्दै आएका छन् ।

फरार भएका गिरीले एकदशक यता यातायात कार्यालयमै घुस र भ्रष्टाचार गरी करोडौंको सम्पति आर्जन गरेको कार्यालयकै कर्मचारीहरुले गुनाशो गर्दै आएका छन् । सवारीचालक अनुमति पत्र निकालिदिने वापत सेवाग्राहीसंग लिएर मोटो घुस रकम कार्यालयमा रहेको गोप्य सूचनाका आाधारमा अख्तियारको बर्दिबास कार्यालयले राति १० बजेसम्म छापामारी गरेका थिए ।

अख्तियारको टोलिले कार्यालय प्रमुख विरेन्द्र साहलाई नियन्त्रणमा लिएर खानतलासी गरेका थिए । घुसरकम, कागजात नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र घुस लिनेमा संलग्न कर्मचारीहरुको खोजिकार्य जारी रहेको अख्तियारले जनाएको छ ।

खास गरेर कोरोनाका कारणले बन्द रहेको चालक अनुमतिपत्रको परीक्षा गत महिनाको अन्तिम सातावाट शुरु भएपछि आर्थिक चलखेल शुरु भएको छ । यातायात कार्यालयमा पदस्थापना गर्नका लागि ठूलो आर्थिक चलखेल हुने गरेको गुनाशो पनि उठ्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button