स्कुल बसले ठक्कर दिँदा चितवनमा दुईको मृत्यु

चितवन । चितवनमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आज रत्न नगर नगरपालिका १० हरिहर मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा सनराइज बोर्डिंग स्कूलको बा २ ख ५६७४ नम्बरको बसले बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी जिल्ला धरान नगरपालिका ९ का २० वर्षीय गौरब राइको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्