प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन
सुनसरी । प्रहरी चौकी सुनसरी डुम्राहाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
कार्यालयको प्राङ्गणमा आज भएको एक विशेष कार्यक्रमबिच प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले उद्घाटन गर्नुभएको हो ।
प्रहरी चौकी डुम्राहाको २ तले सुविधा सम्पन्न भवन UNOPS को सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।
भवन उद्घाटन समारोहमा कार्कीले भवन आफैँमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीमा नयाँ सोच र धारणा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादाता तथा भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्