सुकुम्वासीको समस्या छिट्टै समाधान हुन्छ : आयोग अध्यक्ष ज्ञवाली

चितवन । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्वासी र अव्यवस्थित बसोबास गरेका हरूको समस्या जति सक्दो छिटो समाधान गर्ने गरी काम भइरहेको बताउनु भएको छ ।
नेपाल सरकारद्वारा गठित सो आयोगका अध्यक्ष ज्ञवालीले सुकुम्वासी, भूमिहीन, ऐलानी वा सरकारी जग्गामा बसोबास गरेका सबैको समस्या समाधान हुने गरी काम थालनी भएको बताउँदै उहाँले सबै नेपालीलाई भूमिको मालिक बनाइने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय युवा सङ्घ नेपाल, कालिका वडा नं. ८ र ९ ले गैरीबारी चोकमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष ज्ञवालीले यसै कालिका नगरपालिकामा आगामी असार मसान्त भित्र सम्पुर्ण काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको बताउनु भयो ।
हाल सम्म देशको ७ सय ५३ पालिका मध्ये ४ सय ५० भन्दा बढी पालिका सँग सम्झौता भई भूमि समस्या समाधानको काम तीव्रताका साथ भइरहेको समेत उहाँले बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य समेत रहनु भएका आयोगका अध्यक्ष ज्ञवालीले निर्वाचन आयोगले पार्टी फुट्न नसक्ने बताएपछि बाहिरिएर गएका केही नेता तथा कार्यकर्ताहरू पुनः पार्टीमा नै आउने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्