जुम्लामा कृषिजन्य उद्योगमा लगानी बढ्दै
जुम्ला । कोरोना कहरका बिच पनि जुम्लामा उद्योग दर्तामा उल्लेखनीय वृद्धि भएको छ । विगतको तुलनामा गएको चैतदेखि मङ्सिर अन्तिम सम्मको तथ्याङ्क अनुसार ९ महिनामा मात्रै करिब तीन सय बढी उद्योग दर्ता भएका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका अनुसार ०७६ चैत देखि मङ्सिर अन्तिमसम्म जुम्लामा ३ सय १५ उद्योग दर्ता भएका हुन् । ९ महिनामा दर्ता भएका ३ सय १५ उद्योगमध्ये करिब ९४ प्रतिशत कृषि तथा फलफूलजन्य उद्योग रहेका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम प्रसाद उपाध्यायका अनुसार दर्ता भएका मध्ये १ सय ७८ उद्योग महिलाका नाममा छन् । जसमा २ सय ९४ उद्योग अर्थात् ९४ प्रतिशत उद्योग ‘कृषि तथा फलफूल’जन्य रहेका छन् ।
उद्यमी र सरकारी मिलेर जुम्लाको कृषि उत्पादन बढाई निर्यातमा जोड दिनुपर्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा देवकोटाको भनाई छ ।
जुम्लामा हाल सम्म जम्मा २ हजार ५ सय ४३ वटा उद्योग दर्ता भएका छन् ।
९ महिनाको अवधिमा दर्ता भएका ३ सय १५ उद्योगमध्ये २९ करोड ४ लाख लगानी कृषि तथा फलफूलजन्य उद्योगमा मात्रै भएको छ ।








प्रतिक्रिया राख्नुहोस्